४ कार्तिक २०८२, सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित, यस्तो छ कारण…

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी दिने विषयमा गृहकार्य नपुगेकाले बैठक सारिएको हो । बैठक माघ २ गते बस्दैछ ।
मङ्सिर २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले सबै नेताहरू जिम्मेवारी दिने निर्णय गरेको थियो ।