४ कार्तिक २०८२, सोमबार
सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी रहेको छ । नेकपा माओवादी केन्द्रसंसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, डा। बेदुराम भुसाल, प्रभु साहलगायत नेताहरू छन् ।
संसद् अधिवेशन आह्वानका निम्ति दबाब दिने विपक्षीको तयारी छ ।