४ कार्तिक २०८२, सोमबार
आशिका तामाङ पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । गत पुस २५ गतेको प्रहरी प्रतिवेदन तथा पुस २६ गतेको पशुपति क्षेत्र विकास कोषको जाहेरी पत्रको आधारमा प्रहरी वृत्त गौशालाले तामाङविरुद्ध पुस २८ अभद्र व्यवहार कसूर शीर्षकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ गरीएको हो ।
सोही पक्राउ अनुमति बमोजिम बुधबार उनलाई स्वयम्भु क्षेत्रबाट जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी प्रहरी वृत्त गौशालामा उपस्थित गराइएको छ । प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।