४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

देउवाको निर्देशन- एमालेसँग सहमतिअनुसार काम गर्नुस्

जनपक्षीय खबर

२०८१ माघ ३ गते, बिहीबार १५:५५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

बैठकमा सहभागि गृहमन्त्री रमेश लेखकका अनुसार देउवाले सबै मन्त्रीहरूको कुरा सुनेपछि यस्तो बताएका हुन् । ‘सभापतिज्यूले पनि कांग्रेस एमाले सहमति अनुसार अघि बढ्ने हो । यसै विषयमा केन्द्रित भएर काम गर्नु भन्नुभयो‚’ उनले भने ।

Order Now! 

बैठकमा हामी दुई दल मिलेर सरकार बनेको र गठबन्धनमा कुनै समस्या तथा बाधा अप्ठ्यारा नभएको भन्दै छलफल भएको उनले बताए ।

‘हामीबिच भएका सात बुँदे सहमति अनुसार यो समीकरण लाई अघि लाने गरेर काम गर्ने तथा सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने विषयमा छलफल भएको छ‚’ उनले भने ।

1230x100 pixels ads space