सिन्धुलीमा बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा।३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका धनुषाको जनकपुर उपमहानगरपालिका( १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु
गम्भीर अवस्थाका दुई घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौँको ट्रमा सेन्टरमा लगिएको छ । जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको हाल ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।
बाँकी दुई घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ।
त्यसैगरी चारजना घाइतेको खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सामान्य उपचारपछि दुईजना भने डिस्चार्ज भएका छन्।
गाडी गुडिरहेको बेला टायर पञ्चर हुँदा माइक्रो बस डिभाइडरमा ठोकिएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।