४ कार्तिक २०८२, सोमबार
एमालेले सचिवालय बैठक बोलाउने तयारी

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । पुस २१ देखि २३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बोलाउन लागिएको हो । सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।
केन्द्रीय कमिटी बैठकले माघदेखि चैतसम्म वडा र टोलसम्म सङ्गठन विस्तार गर्न तीन महिने जरा केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो । ‘बैठकको मिति र समय निश्चित भैसकेको छैन तर चाँडै सचिवालय बैठक बस्ने कुरा छ’, अधिकारीले भने ।
केन्द्रीय कमिटी बैठकका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सर्कुलर जारी गर्नुअघि सर्कुलरलाई अन्तिम रूप दिन एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउन लागेको हो ।