४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

जनपक्षीय खबर

२०८१ माघ ८ गते, मंगलवार १२:१२ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा यही माघ १९ र २० गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाईएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको सङ्गठन निर्माण अभियानलगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।

Order Now! 

पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

1230x100 pixels ads space