४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

जनपक्षीय खबर

२०८१ माघ १४ गते, सोमबार १४:५६ मा प्रकाशित

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

Order Now! 

माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने संसद् बैठकको क्यालेन्डर पनि तयार पारिएको छ ।

विधेयक निर्माण र राष्ट्रिय नीतिबारे बहस गर्नका लागि महत्त्वपूर्ण बनाउनेगरी आजको बैठकमा छलफल भएको उनले बताए ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । उक्त दिन प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सोही दिन सरकारले ल्याएका अध्यादेशहरू संसद्‌मा पेस हुने र २२ गते बस्ने बैठकमा निर्णयार्थ पेस हुने पनि बर्तौलाले जानकारी दिए ।

1230x100 pixels ads space