४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

प्रकृति लम्सालको शव नेपाल ल्याएसँगै अन्त्येष्टि

जनपक्षीय खबर

२०८१ फाल्गुन ८ गते, बिहीबार ०८:४९ मा प्रकाशित

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा गत आइतबार मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ ।

गृहजिल्ला रुपन्देही रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा उनको अन्त्येष्टि गरिएको हो । उनको शव हिजो राति नेपाल ल्याइपुर्‍याइएको थियो ।

Order Now! 

कलेज प्रशासनले उनले आत्महत्या गरेको दाबी गरेको छ । तर विद्यार्थीहरूले मृत्यु शङ्कास्पद रहेको भन्दै विरोध प्रदर्शन गरेका थिए । सो क्रममा कलेज प्रशासनले बल प्रयोग गरेपछि चौतर्फी विरोध भएको थियो ।

 

1230x100 pixels ads space