४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एकको मृत्यु

जनपक्षीय खबर

२०८१ फाल्गुन ८ गते, बिहीबार ०९:०८ मा प्रकाशित

काठमाडौं । काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना भएको छ । तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो।

Order Now! 

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका  ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। रासस

 

1230x100 pixels ads space