स्ववियु अनियमितता र भष्टाचारको अखडा बन्दै गएको छ – उपाध्यक्ष निरज श्रेष्ठ

सरकारले प्रत्येक दुई वर्षमा गर्ने भनेर नीति निकालेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव कार्यान्वयन मा भने आउन सकेको छैन ।अनेरास्वियु NR क्याम्पस कमिटि उपाध्यक्ष निरज श्रेष्ठ भन्छन् विद्यार्थी आन्दोलनको महतत्वपूर्ण रूपमा रहेको स्ववियु को चुनाव अन्यौलमा रहनु गम्भीर विषय हो । त्रिभुवन विश्वविद्यालयले अब आउँदो चैत्रमा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । यसले विद्यार्थीको मानमा अनेको शंका उपशंका उब्जिएको छ ।
नेपालको इतिहसमा फर्किने हो भने विद्यार्थी संगठनले राजनीतिक र सामाजिक क्षेत्रमा निर्णायकको भूमिका खेलेको छ । स्ववियुलेले पञ्चायत व्यवस्था देखि हाल सम्म सरकारले गरेको कुचेष्टा मा आवाज उठाउँदै आइरहेको छ । हिजोको जहानियाँ राणाशासन, पञ्चायत विरुद्ध आवाज उठाएको छ र आउने दिनमा पनि उठाउने भन्नेमा श्रेष्ठ पूर्ण विश्वस्त छन् ।
पछिल्लो समय भने विद्यार्थी संगठन निष्क्रिय बन्न पुगेको छ यसको कारण हो आफ्नो स्वार्थ । यसले विद्यार्थी सँगठनललाई नै असर गरिरहेको छ ।
राज्य सञ्चालन गर्न जाती भूमिका सरकार र संसारको हुन्छ त्यतिनै भूमिका स्ववियुको क्याम्पसमा हुन्छ । क्याम्पसमा विद्यार्थीको भूमिका हक हितको संरक्षण, विद्यार्थीको नेतृत्व क्षमता वृद्धि गर्ने, शिक्षाको स्तर वृद्धि गर्न विद्यार्थी कल्याण कार्यक्रम गर्न स्ववियुको निर्वाचन आवश्यक हुन्छ । प्रत्येक दुई दुई वर्षमा गर्ने पर्ने निर्वाचन टी यु ले यसको कार्यान्वयन गर्न सकेको छैन । स्ववियुको एक कुशल नेतृत्वको उत्पादन गर्छ ।
चुनाब एउटा परीक्षा हो यसमा हार जीत स्वाभाविक नै छ । स्ववियुले विद्यार्थीको हक हितका लागि मात्र नभई जनजाति र राष्ट्रियतामा पनि आवाज उठाउन जरुरी छ । विद्यार्थीको हक हितको लागि बनेको स्ववियुको अहिले अनियमितता र भष्टाचारको अखडा बन्दै गएको छ ।
सुस्ताएको विद्यार्थी आन्दोलनलाई फेरि जागृत गराउनु आजको आवश्यकता र स्ववियुको जिम्मेवारी हो । यसलाई आज सदुपयोग गर्न सकेनौं भने भोलिको दिनमा ठूलो मूल्य चुकाउनु पर्छ ।।