८ पुष २०८१, सोमबार

हेर्ने कथाका प्रकाश अहिले के गर्दैछन् ?

जनपक्षीय खबर

२०८१ भाद्र १४ गते, शुक्रबार ०४:१६ मा प्रकाशित

 

“म दशैं मान्न पोहोर गाउँ गएँ । गाउँ जानेमा बेलामा साहुले खर्च दिएनन् । यत्रो वर्ष काम गरेको पैसाको हिसाब छैन । साहुका विदेशमा भएका छोराले १ लाख पठाइदिए अनि काठमाडौंमा भएका छोराले ६० हजार । १ लाख ६० हजार बोकेर म नफर्किने गरी भोजपुर गएँ ।

Order Now! 

घरको अवस्था साह्रै नाजुक रहेछ । आफ्नो जग्गा जमिन खासै छैन । अँधियाका केही हल बारी छन् । बाउले गोरु किन्नु पर्छ भन्नु भयो । एक हल गोरु किनिदिएँ । कान्छो भाइलाई विदेश जान ४० हजार दिएँ । बाउलाई औषधी र बैशाखी किनिदिएँ । चाडबाड मनाउँदा अलिअलि खर्च भयो । बाउलाई अहिले सन्चो छ ।

नागरिकता बनाउन खोजेको तर भएन । जन्मदर्ता चाहिन्छ । झापाबाट आएको बसाइसराई चाहिन्छ भने ।

पाँच-छ महिना गाउँमै बसेँ । गाउँमा जति दुःख गरे पनि केही नहुने । आफ्नो भन्ने केही छैन । बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु । तर उनीहरु पैसाको कुरै गर्न चाहँदैनन् ।

खै अब के गर्ने हो । के हुने हो मलाई पनि थाहा छैन । बाउले फोन गरेर “गोरुले दुःख दियो छिटो आइज” भन्छ । दशैंमा फेरि भोजपुर जाने सोचेको छु ।

(स्रोत: हेर्ने कथा डट कम)

प्रकास दाईलाई भब्यताका साथ बिदाई । साहुले दश लाख दिने

1230x100 pixels ads space