८ पुष २०८१, सोमबार

बिद्यालयमा गोलि चल्दा चारको मृत्यु

जनपक्षीय खबर

२०८१ भाद्र २० गते, बिहीबार १९:२१ मा प्रकाशित

काठमाडौं, २० भदौ । अमेरिकाको राज्य जर्जियाको एक बिद्यालयमा गालि चल्दा चार जनाको देहान्त भएको छ । सिएनएनका अनुसार यश घटनामा ९ जना घाइते भएका छन् ।

ब्यारो काउन्टीको अपलाचि हाई स्कूलमा १४ वर्षिय बालकले गोली चलाएको मिडिया स्रोतले बताएको छ । जुन बिद्यालय एटलान्टाको लगभग ८० किलोमिटर उत्तर पुर्बमा पर्छ ।

Order Now! 

सोहि बिद्यालयकै बालकले गोलि चलाएको स्थानिय प्रहरिले बताएको छ । दुई शिक्षक र दुई बिद्यार्थिको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाईते भएका छन् ।

प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारबाही गर्ने बताएको छ ।

अमेरिकामा विद्यालयमा गोली चल्ने घटना कनै नौलो घटना हैन । २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औ घटना हो । यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेको थियो ।

राष्ट्रपति जो वाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् ।

1230x100 pixels ads space