सुगर ड्याडीको डरलाग्दो हर्कत, यसरी पर्दाफास भयो घटना । (भिडियो सहित)
एउटा निर्दाेश मान्छेलाई कुनै अपराधिक समूहले अपहरण गरेर चरम यातना दिन्छ । शरिरमा दर्जनौ पटक रातो हुने गरी तातो आइरनले डाम्छ । भित्ता प्वाल पार्ने ड्रिल मेसिनले शरिर प्वाल पार्छ । स्नोकर खेल्ने लौरो मलद्घारमा घुर्साछ । अण्डकोष पिलासले चेपिदिन्छ । औलाको नङमा कैयौ पटक सियोले कोपिदिन्छ । धारिलो वस्तुले घोचेर आँखा निकालिदिन्छ । अनि सन्चोको झोल आँखामा खन्याइदिन्छ । बिचरा उ रुन्छ, चिच्याउछ, कराउछ , जीवनको याचना गर्छ , क्षमा माग्छ , तर उसका सबै चिच्चावट सुनेर पिडक खुसी हुन्छ फेरी सोही प्रक्रिया दोर्होयाउछ । एकपटक कल्पना गर्नुस त । कल्पना गर्दापनि आङ सिरिङ हुन्छ । यो कुनै चलचित्रको घटना होइन । यहि भदौ ७ गते बुढानिलकण्ठमा घटेको घटनाको बारेमा विस्तृत जानाकारी लिएर आएका छौ ।
रात्रीकालिन मनोरञ्जन लिन ठमेल स्थित सिनेट क्लब पुगेका भर्खरका युवाहरु आफ्नै हिसाबमा रमाइरहेका हुन्छन । त्यसै बेलामा नकाबधारी आशिष देउला उर्फ सुगर ड्याडी उनीहरुसँग नजिकिन्छन । पिडितको साथिको चिनजान भएकोले सजिलै हेलमेल हुन्छन अनि यो घटना सुरु हुन्छ ।
टेकु बस्ने २१ वर्षिय पिडितलाई घर नजिकै उसकै साथिले सापटी पैसा फिर्ता लिन बोलाउछन । जादा सिनेट क्लबमा भेटिएका सुगर ड्याडी देखिन्छन । हामी सिभिल पुलिस हौ भन्दै लछारपछार पार्दै सिधै बुढानिलकण्ठ स्थित आफ्नो घरको दोस्रो तल्लामा लगेर थुन्छन अनि सुरु गर्छन सोच्नै नसकिने दानविय हर्कतहरु ।
पिडितले सिधा कुरा सँग भेटेर कुराकानी गरेपछि सिधा कुराको टिम सँगै गएर जाहेरी दिएपछि यो घटनामा बाहिर आएको हो । यस अपराधिक घटनामा संलग्न नाइके बुढानिलकण्ठ घर भएका ३२ वर्षिय आशिष देउला उर्फ सुगर ड्याडी सहित टोखा घर भएका २७ वर्षिय राजेन्द्र घले , उदयपुरका २२ वर्षिय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षिय साजन गुरुङ लाई भदौ १८ गते जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौ बाट खटिएको टोलीले पक्राउ गरी उनीहरु विरुद्घ अपहरण, शरिर बन्धक र ज्यान मार्ने उध्योग मुद्घामा थप अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
सचेत रहनुहोस् । कतै, तपाई हाम्रै वरपर यस्तै प्रकृतिको घटना त घटिरहेको छैन ? आफ्ना छोराछारी र बा आमा बिच पास्पिारिक सम्बन्ध बनाइराख्नुहोला । के तपाईका छोरा छोरीहरु यस्तै अपराधबाट पिडित त छैन ? यस्तो अपराधमा पिडित भएर पनि आवाजहरु कुन्ठित छन भने निर्धक्क प्रहरीलाई उजुरी दिनुहोस र कुकर्मी, दानवी हर्कत देखाउने मानवीय स्वरुप बोकेका राक्षसहरुलाई सरकारले कानुनै संसोधन गरेर फाँ¥सीमा झुन्ड्याइयोस ताकी त्यस्ता राक्षसहरुले दानवीय हर्कत गर्ने दुष्साहस नगरोस ।