८ पुष २०८१, सोमबार

काठमाडौ नदेखेका बाग्लुङ का किसान दाई (भिडियो सहित)

जनपक्षीय खबर

२०८१ कार्तिक २३ गते, शुक्रबार १६:२८ मा प्रकाशित

काठमाडौ २३ कार्तिक, बाग्लुङ निसिखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका किसान थान बहादुर बुढा , जसले काठमाडौलाई फोटोमा मात्र देखेका छन् । कहिले काहीँ भिडियोमा पनि हेरेका रहेछन् थान बहादुर दाईले काठमाडौलाई । बारी भरि छपक्कै गाईगोरू डुलाईरहेका थान बहादूर दाईका छोरीको बिहे भईसक्यो । थकानको लामो सुस्केरा तान्दै थान बहादुर दाइ भन्छन् – ’’ हामीले पढ्न पाएनौँ , गाई गोरु हेरेर दैनिकि बित्यो ’’ । आफू नपढेँ पनि छोरालाई पोखरामा राखेर पढाएका थान बहादुर दाईको बुढेसकालको आशाको त्यान्द्रो भएको बताउछन् ।

कृषिमा आधुनिकरणबाट धेरै टाढा रहेको , परम्परागत शैली नै अपनाउदै आएका बाग्लुङ्ग निसिखोलाका किसानहरुलाई सरकारले ल्याएको कृषि सम्बन्धि कार्यक्रमहरु त्यत्ति जानकार नभएको किसान बताउँछन् ।

Order Now! 

निसिखोला भल्कोट बाल्गुङ्गमा धान , मकै , कोदो , गहुँ जस्ता अन्नबालिमा रासायनिक मल , किटनासक औषधिजन्य बिषादी प्रयोग गरिदैन् । सबै अन्नबालिहरु अर्गानिक हुन्छन् ।

यस्तै कुराहरु समेटेर हामीले थानबहादुर दाईसँग केही भलाकुसारी गरेका छौँ ।

1230x100 pixels ads space