४ कार्तिक २०८२, सोमबार
मिलन नेपालीको “लाइदे नैना पाउजु” बोलको गीत सार्वजानिक हुदै

काठमाडौ, मिलन नेपालीको नयाँ म्युजिक भिडियो “लाइदे नैना पाउजु” बोलको गीत यही शुक्रबार सवा ४ बजे सार्वजानिक हुँदैछ । लेखराज गिरीको शब्द संगीत र मदन के सी को आवाजमा रहेको गीतमा मिलन नेपालीको निर्देशन रहेको छ ।
उक्त म्युजिक भिडियोलाई छायांकन सञ्जय चन्दले गर्नु भएको हो । मौलिक भेषभुषा र रहनसहनलाई मुख्य रुपमा उठान गरिएको उक्त गीतमा मिलन नेपाली र पूजा मोक्ताङको अभिनय रहेको छ ।
यस म्युजिक भिडियोले नेपालको मौलिकतालाई जोगाइराख्न, नेपालको कला सस्कृति र स्थानिय भाषा, लवजको जर्गेना गर्नेछ भन्दै हामीलाई यस भिडियोका व्यवस्थापक सञ्जोक बस्नेतले जानकारी दिनु भएको हो ।