नागढुङ्गा सडक खण्डको बाटो एकतर्फी खुल्यो, स्थानिय सरकारको पहलमा काम हुँदै ।
हिजो साँझ भएको अबिरल बर्षाका कारण पहिरो झरेर अस्तब्यस्त भएको नागढुङ्गा सडक खण्ड एकतर्फि सुचारु भएको छ । बैकल्पिक राजमार्गको लागि सितापाईलाको बाटो एकतर्फि खुलाईएको छ ।
निरन्तर ३ घण्टा भारी वर्षा भए पछि उक्त पहिरो खसेको हो । यो बर्षकै शक्तिशाली वर्षा भएको धुनिबेशि नगरपालिका प्रमुख बालकृष्णले बताए । पहिरो जानुको कारणको बारेमा हामीले सोधेको प्रश्नमा उहाँ भन्नुहुन्छ “सडक स्तरस्नोत्तिको लागि बिगद लामो समय देखि पृथ्बि राजमार्ग निर्माणधिन छ । त्यहि माथि भारी वर्षा हुदा पहिरो जान पुग्यो । जनजीबन अस्तब्यस्त भयो यात्रुहरु अलपत्र परे । अहिले यहाँ को माहोल सामान्य बन्दै गएको छ ।”
सरकारको लापरबाहीले जनता मारमा परिरहेका छ । प्रत्येक वर्ष वर्षायाममा नेपाली जनताले बाढी पहिरोको समस्या भोगिरहेका छन । तर पनि यसतर्फ सरकारको ध्यान गएको छैन । सरकारको लापरवाहीले जनताले कहिले सम्म दुख पाउने त भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ “त्यसो पनि नभनि हालौ । कुनै पनि बिपद सल्लाह गरेर आउदैन । बिपद नै अपरझट आउने हो । त्यहि बिपदकै लागि भनेरै स्थानिय सरकार छ । हामी काम गरिरहेका छौँ । अहिले पनि स्थानिय निकाय पहिरो स्थलमै छ । यात्रुहरुलाई यात्रा गर्न सहज उपलब्ध गराउनु हाम्रो दायित्व हो ।”
“अरु स्थानियमा के छ मलाई थाहा भएन । धुनिबेशि नगरपालिकामा समस्या छैन । अब यात्रुहरु आनन्दले यात्रा गर्न सक्छन् ।” जनपक्षीय मिडियासँग कुरा गर्दै धुनिबेशि नगरपालिकाका प्रमुखले बताए