नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निरन्तर ओरालो यात्रा, धेरै कमाउनेमा विन नेपाल लघुवित्त
काठमाडौ २६ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२ दशमलव ७३ अकंले घटेर २६१० दशमलव २१ को बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड माथिको सेयर कारोबार भएको छ ।
आज १० उपसूचक राताम्य भएका छन् ,फाइनान्स समूहको ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको ०.१६ प्रतिशतले सेयरमूल्य बढेको हो । आज १७५ कम्पनीको सेयर मूल्य घट्दा ६५ कम्पनीको मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै सेयर कारोबार गर्नेमा सिएचडीसी परेको छ । यो कम्पनीको आज सबैभन्दा धेरै ३४ करोड ७३ लाख ६ हजार आठ सय ८५ रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ । धेरै रकमको सेयर कारोबार गर्ने दोस्रो कम्पनीमा एन एल जी इन्सुरेन्स कम्पनीको २१ करोड १० लाख १८ हजार १४ रुपैयाँको सेयर कारोबार भएको छ । तेस्तै गरी तेस्रोमा ग्रिन लाइफ हाइड्रोको १९ करोड २७ लाख ७ हजार ३ सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज धेरै कित्ता कारोबार गर्नेमा एचआइडीसीएल प्रमोटर परेको छ । कम्पनीले ८ लाख ७१ हजार ७ सय २४ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै गरी दोस्रोमा ग्रिन लाइफ हाइड्रोको ६ लाख ९४ हजार ५ सय २१ कित्ता कारोबार भएको छ ।
सबैभन्दा धेरै कमाउनेमा दश प्रतिशतले बढेको कम्पनी विन नेपाल लघुवित्त मात्र हो भने सबैभन्दा धेरै गुमाउनेमा एसियन हाइड्रो लिमिटेड परेको छ । एसियन हाइड्रो लिमिटेडका लगानीकर्ताले आज ६ दशमलव ८८ प्रतिशतले गुमाएका छन ।