८ पुष २०८१, सोमबार
नेरुडे मिर्मिरे लघुवित्तको संचालक तथा अध्यक्षमा टेक बहादुर बोहरा नियुक्त
काठमाडौ ६ असोज । केही समय अघि मात्र मर्जरमा गएर एक भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त भएको संचालक तथा अध्यक्ष पदमा टेक बहादुर बोहरालाई नियुक्त गरेको छ । कम्पनीले मिति २०८१/०६/०५ गते बिहान ११ बजे बसेको ३४९ औं संचालक समिति बैठकको आधारमा टेक बहादुरलाई संचालक पदमा नियुक्ति गरेको हो ।
सोही दिन दिउसो २ बजे बसेको ३५० औं संचालक समिति बैठकले कम्पनीको अध्यक्ष पदमा मिति २०८१/०६/०५ बाट लागु हुनेगरी टेक बहादुर बोहरालाई जिम्मेवारी दिएको छ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले भदौ १४ गतेबाट ३५ दिनको लागि सेयरधनीहरुको नाममा रहेको ७२ हजार १५९ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको थियो । सो सेयर संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले खरिद नगरे अन्य व्यक्ति वा संस्थाहरुलाई विक्रि गरिने छ ।