८ पुष २०८१, सोमबार

नेपाल क्यानडाको २५४ रनको लक्ष्य पछ्याउदै

जनपक्षीय खबर

२०८१ आश्विन १ गते, मंगलवार ००:५३ मा प्रकाशित

 

काठमाण्डो , असोज १ ।
आईसिसि बिश्वकप लिग २ को पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । जवाफि ब्याटिङमा आएको क्यानडाले नेपाललाई २५४ रनको लक्ष्य दिएको छ ।

Order Now! 

क्यानडाले निर्धारित ५० ओभर खेल्दै २५३ रन बनाएको थियो । नेपालका तर्फबाट करण केसीले उकृष्ट बलिङ गरेका थिए । केसीले ६ ओभर बल खर्चेर २४ रन दिएका थिए । त्यसै गरि सोमपाल कामिले ८ ओभर फ्याक्दै २ विकेट लिएर ४० रन सुम्पेका थिए भने सन्दिप लामिछानेले ९ ओभरमा १ विकेट लिदै ४८ रन दिए ।

ललितले ९ ओभर खेल्दै ३२ रन दिदा २ विकेट आफ्नो खातामा पारेका थिए । त्यसै गरि रोहित पौडेलको बलिङ ससक्त हुन सकेन् । रोहितले १ विकेट, ४३ रनमा ५ ओभर फ्याक्दै दिए ।

गुल्सन झाले १७ रन , कुसल मल्लले १० रन दिए।

३७ ओभरमा ५ विकट गुमाउदै १३३ रन बनाएको क्यानडाले अन्तिम अबस्थामा ब्याटिङ लाईन सुधार्याे । अन्तिम १० ओभरमा क्यानडाले आफ्नो ब्याटिङ लाईनमा केही सुधार ल्यायो र नेपाल सामु २५४ रनको लक्ष्य दियो । नेपाल लक्ष्य पछ्याउदै

1230x100 pixels ads space