४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

कमल दहमा बिश्वको दुर्लभ बिरुवा मानिने कल्प बृक्ष बिरुवा रोपियो

जनपक्षीय खबर

२०८१ कार्तिक ३० गते, शुक्रबार ०९:२३ मा प्रकाशित

संवाददाता ;– बिशाल घर्ती मगर रूकुमपूर्व

रूकुमपूर्व , ३० कार्तिक । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर – ५ कमलदह परिसर भित्र बिश्वको दुर्लभ बिरुवा मानिने कल्प बृक्ष बिरुवा रोपिएको छ ।

Order Now! 

भगवानकोे रुप मानिने कल्प बृक्ष बिरुवा आज एक औपचारिक कार्यक्रमा बाजागाजा सहित रुकुम पुर्वको सिस्ने गाउपालिका वडा नम्बर ५ कमल दह अबस्थित ब्राजि मन्दिरमा भुमि पुजा गरि बृक्षरोपण गरिएको हो ।

उक्त बिरुवा राजापुर नगरपालिका वडा नम्बर १ दौलतपुर, बदियाबाटका अभियान्ता लक्ष्मण जंग शाहको नेतृत्वमा अमृत जंग शाह र कृष्णा जंग शाह तिनभाईले अष्ट्रलियाबाट लिएर देशभरि कै ५१ वटा मठमन्दिर र पर्यटकीय स्थलमा एक एक कल्पबृक्ष बिरुवा रोप्ने उदेश्य रहेको लक्ष्मणजंग शाहले बताएका हुन् ।

हिन्दु धर्म अनुसार निकै महत्व मानिएको यो बृक्ष निकै दुर्लभ छ । ६ हजार बर्ष बाँच्ने यो बिरुवालाई जहाँ मन लाग्यो त्यही लगाउन नमिल्ने र यो बिरुवा लगाउने स्थानमा बिधिपुर्वक पुजा गरेर लगाउनु पर्छ । यो बिरुवाको संरक्षणका लागि परिपक्क हेरचाहकर्ता हुनु उतिकै जरुरि रहन्छ ।

कल्पवृक्ष एक पौराणिक तथा धार्मिक महत्व बोकेको वृक्ष हो, जसलाई इच्छापूर्ति गर्ने वृक्षको रूपमा लिइन्छ। हिन्दू, बौद्ध, र जैन धर्ममा यस वृक्षलाई विशेष महत्व दिइन्छ । धार्मिक मान्यताअनुसार, यस वृक्षले मानिसको मनोकामना पूर्ण गर्ने विश्वास गरिन्छ । यसलाई अक्सर हिन्दू धर्मका देवता विष्णुको वासस्थान “सुर्यलोक“ मा पाइने वृक्षको रूपमा वर्णन गरिएको छ कल्प वृक्षलाई देवताहरुका राजा इन्द्रले स्वर्गमा लगेर रोपेको भन्ने कथाबाट यसलाई स्वर्गको बृक्ष पनि भन्ने गरिएको पाईन्छ । यस वृक्षको रुखमुनिबसेर तपस्या गरेका ऋषिमुनिहरुको तपस्या सफल भएको अर्थात उनिहरुले कल्पेको कुरा प्राप्त गरेकोले यसको नाम कल्पवृक्ष भएको हिन्दु ग्रन्थको पुरान शास्त्रमा उल्लेख गरिएको छ ।

उक्त वृक्षरोपण कार्यक्रममा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, उद्योग बाणिज्य संघका अध्यक्ष केबेन्द्र गौतम, युनाइटेड अजोड ईन्सुरेन्स रुकुम पुर्वका शाखा प्रबन्धक शरद मंगल ओलि, नेपाल लाईभ ईन्सुरेन्स रुकुम पुर्वका शाखा प्रबन्धक बिक्रम पाल, स्वच्छ सफा कमल दह समुहका अध्यक्ष रोषण ध्वज शाह, कमल दह परिसर समितिका व्यवस्थापक रोशन शाह, कल्प वृक्ष पुजारी प्रकाश आचार्य , रुकुम पुर्व पंतानजलि योग प्रभारि भुवनेश्वर उपाध्याय, भुतपुर्व शिक्षक चुडामणि आचार्य , ऋषिराम उपाध्याय, कुशलब रेग्मी, समाजसेवि तारक बहादुर शाह, लगाएतका स्थानिय युवाहरुको उपस्थिती रहेको थियो ।

1230x100 pixels ads space