८ पुष २०८१, सोमबार

मर्स्याङ्दीमा बस खस्दा 15 जनाको अबस्था चिन्ता जनक

जनपक्षीय खबर

२०८१ भाद्र ७ गते, शुक्रबार १३:५९ मा प्रकाशित

तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ ।
पोखराबाट काठमाण्डो तर्फ जाँदै गरेको UP ५३ AFT ७६२३ नम्बरको बस मस्याङ्दी  नदीमा खसेको तनहुँ प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानाकारी दिनु भयो । सडकबाट मस्याङ्दी किनारमा खसेको बस कच्याककुचुक अबस्थामा देखिन्छ । नेपाल प्रहरी , सशस्त्र प्रहरीको गोताखोर सहित उद्वार टोलि घटना स्थलमा खटिएका छन् ।   

घाईतेहरुको अहिले उद्वार गरि दमौली जिल्ला अस्पतालमा पुर्याईएको छ । घाईतेहरुलाई स्थिति हेरी रेफर गरि काठमाण्डौँ ल्याउनु परे हेलिकप्टर तयारी अबस्थामा रहेको छ ।

Order Now! 

1230x100 pixels ads space