घरेलु मैदानमा नेपालको स्तब्ध हार, उपाधि बंगलादेशलाई
काठमाडौ । साफ यू–२० च्याम्पियनसीपमा घरेलु टिम नेपालले बंगलादेशसँग ४–१ गोलको अन्तरले हार बेहोरेको छ । सातदोबाटोस्थित एन्फा कम्पेल्समा भएको खेलमा पहिलो हाफको अन्तिम समयमा बंगलादेशका मिराजुलले डि बक्समा पाएको फ्रिकिकलाई गोलमा परिवर्तन गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल प्रर्दसन गरेको थियो तर खेल भने बंगलादेश कै पक्षमा गयो । खेलको ५५ औँ मिनेटमा फेरि मिराजुलले अर्को गोल गर्दै खेललाई २–० को अग्रता दिलाए । खेलको ७१ औँ मिनेटमा डिबक्स एरियाबाट मिराजुलले दिएको पासलाई रवि हुसेनले सहजै गोल गरे ।
नेपालको तर्फबाट समीर तामाङले ८१ औँ मिनेटमा सान्त्वना गोल गरे तर नेपालको लागि निकै ढिलो भैसकेको थियो । इन्जुरी टाइममा नेपालले केही प्रयास गरेपनि प्रयास असफल भयो । इन्जुरी टाइमको छैटौं मिनेटमा फेरी बंगलादेशले फेरी अर्को गोल गर्दै जितलाई सुनिश्चित गर्यो ।
नेपालले आफ्नो तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा पुर्णविराम लाग्यो । नेपाल यो भन्दा अगाडी दुई पटक च्याम्पियन भैसकेको छ ।