८ पुष २०८१, सोमबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छायो, बजारले लय समातेको अनुमान

जनपक्षीय खबर

२०८१ भाद्र २७ गते, बिहीबार १८:०१ मा प्रकाशित

nepse

काठमाडौ २७ भदौ । लगातार केही दिनदेखि राताम्मै भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज भने हरियाली छाएको छ । नेप्से ७८ दशमलब ३१ अंकले बढेर २६८८ दशमलव ५३ को बिन्दुमा बन्द भएको छ । आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । नेप्से सुचक बढेसँगै लगानीकर्तामा फेरी आसा फर्किएको छ ।

बजारमा आज म्युचुअल फंड बाहेक नेप्सेको सबै परिसुचकमा हरियाली छाएको छ । सबैभन्दा बढी जलविद्युतमा १३६.३७ अंक अर्थात ४ दशमलव २८ प्रतिशतले वृद्घि भएको छ । आज २२९ कम्पनीको लगानीकर्ताले कमाउँदा जम्मा १२ कम्पनीका लगानीकर्ताले गुमाएका छन ।

Order Now! 

आज सबैभन्दा धेरै रकमको सेयर कारोबार गर्नेमा सिएचडीसी परेको छ । यो कम्पनीको आज सबैभन्दा धेरै ४७ करोड ६५ लाख ८ हजार ९० रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ । धेरै रकमको सेयर कारोबार गर्ने दोस्रो कम्पनीमा हिमालयन रि इन्सुरेन्सको २४ करोड ४८ लाख ८ सय २७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा आज पाँच कम्पनीको मुल्यमा दश प्रतिशतले बढोत्तरी भएको छ । दश प्रतिशतले बढोत्तरी हुने कम्पनीमा विन नेपाल लघुवित्त बित्तिय संस्था लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, उपकार लघुवित्त बित्तिय संस्था लिमिटेड, इस्टन हाइड्रो लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेड रहेका छन । त्यस्तै सबैभन्दा धेरै दश प्रतिशतले गुमाउने कम्पनीमा थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेको छ ।

निरन्तर घट्दो बजारमा आजको हरियालीले लगानीकर्ताहरु उत्साहित छन । धेरै लगानीकर्ताहरुले अब बजार आफ्नो लयमा फर्केको अनुमान लगाउन थालेका छन । अब साच्चै नै बजार फर्किएको हो वा होइन यो भने आउदो दिनको कारोबारले बताउने नै छ ।

1230x100 pixels ads space