एकदिबसिय आईसिसि बिश्वकप लिग–२ छनौटमा को को छानिए ?
सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि श्रीलङ्का पुगेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्कामा अभ्यास जखेल्ने छ । नेपाली टिमले श्रीलङ्का डेभलपमेन्ट टोलीसँग तीनवटा एकदिवसीय शृङ्खला खेल्न लागेको हो। सेप्टेम्बर १६ देखि २६ तारिखसम्म क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिदेशीय शृङ्खला हुँदै छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय शृङ्खलाको बारेमा जानकारी दिएको हो ।
क्यानडामा हुने एक दिबसिय आईसिसि बिश्वकप लिग –२ को लागि नेपालले भारतपछि श्रीलङ्कामा तयारी गर्न लागेको हो । क्यानले श्रीलङ्कामा हुने तयारीका लागि १९ सदस्यीय टोली घोषणा पनि गरेको छ। नेपाली टोलीमा रोहित पौडेल, करण केसि आसिफ सेख, अनिलकुमार साह, देव खनाल, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, गुल्सन झा , रिजन ढकाल र भिम सार्कि छन्।
त्यस्तै ललितनारायण राजवंशी, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी सन्दीप लामिछाने र आकाश चन्द छन्।