८ पुष २०८१, सोमबार

तेस्रो अभ्यास खेलमा नेपालको स्तब्ध हार

जनपक्षीय खबर

२०८१ भाद्र २१ गते, शुक्रबार १९:२७ मा प्रकाशित

२१ भदौं, काठमाडौं । टस जितेर श्रीलंका डेपलभमेन्टले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पायो । नेपाल ४० ओभरमा अल आउट हुँदै १५९ रनमा रोकियो । सर्बाधिक नेपालको तर्फबाट भुर्तेलले ५० बलमा ४३ रन हिर्काउदा कुसल मल्लले ५५ बलमा ३५ रन जोडेका थिए । त्यसैगरि आरिफ शेखले ३३ बलमा २० , कार्यबाहक कप्तान कामी २ , गुल्सन झा ५ रनमा स्तब्ध भए ।

यसैगरी आसिफ शेख डक, अनिलले ९ बलमा ३, सन्दीप जोराले २४ बल खर्चेर ६ रनमा आउट भए ।

Order Now! 

श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले सर्बाधिक चार विकेट लिए ।

जवाफि ब्याटिङमा उत्रेको श्रीलंका डेपलभमेन्टले ५ ओभरमा २ विकेट गुमाउँदा ३५ रन बनाए । नेपालको तर्फबाट सुरुवाति दुई विकेट सोमपाल कामिले लिए ।

श्रीलंका डेपलभमेन्टले २० ओभरको खेल खेल्दै तेस्रो विकेट गुमाउँदा १ सय २९ रन जोड्यो ।

नेपालको ब्याटिङ लाईन चल्न नसक्दा श्रीलंका डेपलभमेन्टले पाएको १५९ रनको झिनो लक्ष्य २६.५ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्याे ।

1230x100 pixels ads space